जम्मू–कश्मीरमा आतंककारी र सुरक्षा बलबीच भिडन्त

जम्मू–कश्मीरमा आतंककारी र सुरक्षा बलबीच भिडन्त

काठमाडौं ।जम्मू–कश्मीरको बान्दीपोरामा शुक्रबार आतंककारी र सुरक्षा बलबीच मुठभेड भएको छ । भारतीय सेनाले सामाजिक सञ्जाल एक्सबाट  मुठभेडको बारेमा जानकारी दिएको छ ।


भारतीय सेनाले भनेको छ,‘आतंककारीहरूको उपस्थितिबारे विशेष गुप्तचरको आधारमा भारतीय सेना र जम्मू–कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गर्‍यो छ ।’  

सेनाका अनुसार आतंककारीसँगको मुठभेड अझै जारी छ । यसअघि बिहीबार उधमपुरमा सुरक्षाबल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको थियो ।

मंगलबार जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो । उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।

खबरपाटी
खबरपाटी