रविन्द्र मिश्र र धवलशमशेरलाई उपचारको व्यवस्था मिलाउन अदालतको आदेश

रविन्द्र मिश्र र धवलशमशेरलाई उपचारको व्यवस्था मिलाउन अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न आदेश दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ ।

रविन्द्र र धवलले अदालत समक्ष आफूहरुलाई सन्चो नभएको बताएपछि अदालतले प्रहरीलाई उपचारको व्यवस्था गर्न आदेश दिएको हो । अदालतले मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले अन्य ३० जनालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

गत चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो ।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका क्रममा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र आक्रामक मुद्रामा ।

साथै तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा तोडफोड, आगजनीसमेत भएको थियो । सवारी साधन जलाइएको थियो । निजी सम्पत्तिमाथि आगो लगाइएको थियो । सञ्चारगृहमा आक्रमण भएको थियो । 

हिंसात्मक घटनाका क्रममा दुई जनाको ज्यान गएको थियो । 

हिंसाका क्रममा पञ्चायतकालमा स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा राजावादीले जलाएर नष्ट गरेका थिए ।

गणतन्त्रवादीले देशका उद्योगधन्दा बिक्री गरी खाएको आरोप लगाउने राजावादीहरूले साढे चार दशकअघि स्थापना भएको उद्योगमा आगो लगाएका थिए ।

२०३८ सालमा स्थापित नेपाल सरकारको पूर्ण स्वामित्व भएको जडीबुटी कम्पनीले एक दर्जन भन्दा बढी तेल उत्पादन गर्दै आएको छ। जसमा सबैभन्दा चर्चित सन्चो नै हो । 

२०३८ सालमा स्थापना भए पनि यो कम्पनीले २०७८ मा आएर नाफा कमाउन थालेको थियो । नाफामा आएको राजावादीहरुलाई पचेनछ क्यार जलाएरै छाडे । 

सञ्चो ब्रान्डको रूपमा कम्पनीले थुप्रै जडीबुटीका औषधि निर्माण गर्दै आएको छ। पछिल्लो समय मह उत्पादन र प्रशोधन गरी बिक्रीसमेत शुरू गरेको थियो ।  

कम्पनीको अधिकृत पुँजी पाँच करोड रहेको छ ।

खबरपाटी
खबरपाटी