बानेश्वरको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका भूमिराज अधिकारी विजयी

बानेश्वरको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका भूमिराज अधिकारी विजयी

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट भूमिराज अधिकारी स्ववियु सभापतिमा चुनिएका छन् ।

मंगलबार सम्पन्न मतदानमा मतदानमा अखिल क्रान्तिकारीका अधिकारी १७५ मतसहित सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेवि संघका निराजन कार्कीले १४९ मत पाए । लामोसमय पछि बानेश्वरले अधिकारीलाई स्ववियु सभापति पाएको हो । उनी प्यानलैसहित विजयी भएका हुन् ।

स्ववियु सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा पनि अखिलकै संगीता भट्टराई १८१ मतले निर्वाचित भएकी छन् ।


 

खबरपाटी
खबरपाटी