लगातार चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

लगातार चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

गत आइतबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।

यस दिन नेप्से १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा बन्द भएको हो। 

बुधबार कारोबार रकम भने बढेको छ। 

गत कारोबार दिन अर्थात् मंगलबार चार अर्ब ३४ करोडको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब १४ करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा ८० करोड रूपैयाँ वृद्धि भएको हो।


आज ३११ वटा धितोपत्रको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ वटाको घटेको छ। यस्तै सात कम्पनीको मूल्य स्थिर रहेको छ।

खबरपाटी
खबरपाटी