क्यानडाको स्टिल र आल्मुनियममा ५० प्रतिशत कर लगाउने ट्रम्पको योजना रोकियो

क्यानडाको स्टिल र आल्मुनियममा ५० प्रतिशत कर लगाउने ट्रम्पको योजना रोकियो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको स्टिल, आल्मुनियम र अन्य धातुमा ५० प्रतिशत कर लगाउने योजना हाललाई रोकेका छन् ।

तर, क्यानडाबाट आयात हुने धातुमा  यसअघि नै लगाइएको २५ प्रतिशत भन्सार कायम रहनेछ ।

क्यानडाको ओन्टारियो प्रान्तले उत्तरी अमेरिकाका केही राज्यमा पठाइने बिजुलीमा २५ प्रतिशत नयाँ शुल्क लगाउन रोक लगाएपछि ट्रम्पको कदम आएको हो ।

ट्रम्पले बिजुली आपूर्तिमा लगाइएको शुल्कविरुद्ध क्यानाडामा ठूलो शुल्क लगाउने धम्की दिएका थिए।


यो दुई देशबीच चलिरहेको व्यापार युद्धमा महत्वपूर्ण कदम हो, जुन अमेरिका र क्यानडा दुवैको अर्थतन्त्रका लागि घातक छ।

खबरपाटी
खबरपाटी