यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य

यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९बुधबार० का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा २२, सानो नेपाली गोलभेँडा १८, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, सुकेको भारतीय प्याज ५८, तराईको गाँजर २२, लोकल बन्दा १०, स्थानीय काउली २२, ज्यापु काउली १७, लाम्चो भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी करेला १२५, तराईको परबल १७५, लोकल परबल १०७, घिरौँला र झिँगुनी ७५, हरियो फर्सी १२, भिन्डी १०५, स्कुस ३५, कन्य च्याउ ११०, डल्ले च्याउ ३७६, ब्रोकाउली ३५ रुपैयाँ प्रतिकिलो छ 

खबरपाटी
खबरपाटी