काठमाडौं । बेलायतमा नोरोभाइरसको सम्भावित दोस्रो लहरलाई लिएर त्यहाँ स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्। युके हेल्थ सेक्युरिटी एजेन्सी (युकेएचए) को पछिल्लो तथ्याड़कले देशभरि नोरोभाइरस बढ्दै गएको देखाएको छ।
अघिल्लो पन्ध्र दिनको तुलनामा फेब्रुअरी (३-१६)बीचमा भाइरसको संक्रमण ३० प्रतिशतले बढेको देखिएको छ। ६५ वर्ष वा माथिका व्यक्तिहरू बढी प्रभावित भएको पाइएको छ।
नोरोभाइरस सङ्क्रमणका मुख्य लक्षणहरूमा बान्ता, पखाला र पेट दुख्ने छन्। भाइरसले ज्वरो, टाउको दुखाइ र मांसपेशी दुखाइ हुन सक्छ । यी लक्षणहरू सामान्यतया सङ्क्रमित भएको एक वा दुई दिन पछि सुरु हुन्छ
यसले मुख्यतस् पेट तथा आन्द्राको संक्रमण गराउँछ। जसलाई ुफुड पोइजनिङु वा ुस्टमक फ्लूु भन्ने पनि गरिन्छ। तर यो इन्फ्लुएन्जा भाइरससँग सम्बन्धित नभएको बताएकद्यो छ।।
नोरा भाइरसको लक्षणहरूस् नोरो भाइरसको संक्रमण भएपछि अचानक वान्ता हुन थाल्ने, पातलो दिसा हुने, पेटको दुखाइ हुने, ज्वरो वा बेस्सरी
टाउको दुखाइ हुने र कमजोरी वा थकान महशुस हुने गर्छ।
सर्ने तरिका स् नोरो भाइरस कुनैपनि संक्रमित व्यक्तिको दिसा वा वान्ताबाट सजिलै सर्ने गर्छ। यस भाइरस संक्रमित खाना वा पानीबाट, संक्रमितहरुले छोएको ठाउँमा छोएर हात मुखमा पुग्दा वा संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क हुँदा सर्न सक्छ। यो भाइरसबको संक्रमण सामान्यतस् १-३ दिनभित्र निको हुन्छ, तर बच्चा, बृद्ध तथा कमजोर रोग प्रतिरोध क्षमता भएका व्यक्तिहरूलाई गम्भीर असर पार्न सक्छ।