अर्थमन्त्रीलाई बजेटमार्फत शेयरबजारको लागि कोसेली ल्याउन माग

अर्थमन्त्रीलाई बजेटमार्फत शेयरबजारको लागि कोसेली ल्याउन माग

काठमाडौँ  । आ.व. २०८२/८३ का लागि बजेट लेखन प्रक्रिया थालनि भएसँगै अर्थमन्त्रीले यही फागुन भित्रै बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्मा पेश गर्नेछन्।

चैत १५ भित्र सरकारलाई सिद्धान्त र प्राथमिकतामाथि छलफल गरी संसदले सुझाव पेश गर्नेछ। संवैधानिक व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्था छ। यही फागून भित्र अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटको सिद्धान्त तथा प्राथमिकतामा शेयर बजार पनि उच्च प्राथमिकतामा राखिनुपर्ने लगानीकर्ताहरुले उच्च आकाङ्क्षा राखेका छन्।

सरकारको उपेक्षाको क्षेत्र परेको सेयरबजारलाई बजेटमार्फत सम्बोधन गर्नुपर्ने लगानीकर्ताहरुले चर्को माग राख्न थालेका छन्।

खबरपाटी
खबरपाटी