सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा सुन १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको १५ रुपैयाँले घटेको छ । सोमबार तोलामा  १ हजार ९८५  रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १९ सय ७० रुपैयाँ कायम भएको छ । 

खबरपाटी
खबरपाटी