रुसले गर्‍यो युक्रेनमा ठूलो आक्रमण, २६७ ड्रोन प्रहार

रुसले गर्‍यो युक्रेनमा ठूलो आक्रमण, २६७ ड्रोन प्रहार

काठमाडौं । रुसले युक्रेनमा ठूलो ड्रोन आक्रमण गरेको छ। युद्धको तीन वर्ष पूरा हुनुभन्दा एक दिनअघि रुसले यो आक्रमण गरेको बीबीसीले जनाएको छ । 

युक्रेनको वायुसेना कमान्डका प्रवक्ता युरी इग्नाटले रुसले २६७ ड्रोनहरू प्रहार गरेको बताए । 


युक्रेनी आपतकालीन सेवाहरूले आक्रमणका कारण रातभर धेरै क्षेत्रहरू ध्वस्त भएको र धेरै भवनहरूमा आगो लागेको बताएका छन्।

आक्रमणमा कति जनाको मृत्यु भयो कुरा अझै स्पष्ट नभए पनि आपतकालीन सेवाहरूको प्रारम्भिक तथ्याङ्कले कम्तीमा तीन जना घाइते भएको देखाएको छ।

यसैबीच, रुसको रक्षा मन्त्रालयले रातभरि रुसले प्रहार गरेका २० वटा युक्रेनी ड्रोनहरू ध्वस्त पारिएको बताएको छ।

रुसको आक्रमणपछि जेलेन्स्कीले एक विज्ञप्तिमा युद्ध जारी छ भनेर लेखे र यस क्षेत्रमा शान्ति ल्याउन मद्दतको लागि आग्रह गरे।

खबरपाटी
खबरपाटी