अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप :नेपाललाई किर्गिस्तानविरुद्ध एक गोलको अग्रता

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप :नेपाललाई किर्गिस्तानविरुद्ध एक गोलको अग्रता

काठमाडौं । सोमबारदेखि सुरू महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।


खेलको पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि छ । ११औं मिनेटमा बिमला चौधरीले गरेको गोलले पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो ।


सबिता रानामगरको क्रसमा बिमलाले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।


आज दिउँसो भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको छ ।

खबरपाटी
खबरपाटी