वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । अमेरिकामा फेरि अर्को एक विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । केही दिनअघि ६७ जनाको ज्यान जानेगरी दुई विमान ठोक्किएर दुर्घटना भएको थियो ।
पछिल्लो दुर्घटना पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा भएङ्को हो । एक सानो विमान दुर्घटना हुँदा सात जनाको मृत्यु र १९ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
विमानमा सवार ६ जना र भुइँमा रहेका एक जनाको मृत्यु भएको हो ।
बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिए । उनीहरु सबै मेक्सिकन नागरिक थिए ।