अमेरिकन एयरलायसन्सको विमान दुर्घटना : ब्ल्याक बक्स भेटियो

अमेरिकन एयरलायसन्सको विमान दुर्घटना : ब्ल्याक बक्स भेटियो

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीमा हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको अमेरिकन एयरलायन्सको विमानको ब्ल्याक बक्स भनिने फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको छ।

ब्ल्याक बक्समार्फत् दुर्घटना हुँदा के भएको थियो भन्ने पत्ता लगाउन सहज हुने अधिकारीहरूले बताएका छन्। ब्ल्याक बक्सलाई राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा जाँच गरिने बीबीसीले जनाएको छ।

चालक दलसमेत ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर स्थानीय समयानुसार बुधबार राति ९ बजे वासिङ्टन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थलनजिकै आकासमा ठोकिएर पोटोम्याक नदीमा खसेका थिए।

विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट ४० शव निकालिएको छ। अहिले उद्धारको काम चलिरहेको छ। दुर्घटनामा कोही पनि जीवित नरहे

खबरपाटी
खबरपाटी