कालिमाटीमा मध्यरातिमा भ्यानबाट अहिलेसम्मकै ठूलो परीक्षण : ११४ किलो सिमीमा विषादी पाइँदा होल्डमा राखियो

कालिमाटीमा मध्यरातिमा भ्यानबाट अहिलेसम्मकै ठूलो परीक्षण : ११४ किलो सिमीमा विषादी पाइँदा होल्डमा राखियो

काठमाडौं । सरकारी स्वामित्वको देशकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी बजारमा १४१ किलो सिमीमा विषादीको मात्रा पाइएको छ ।

उक्त बजारमा मंगलवार राति ९ बजेदेखि बिहान ४ बजेसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल भ्यान प्रयोगशालाको सहयोगमा आपूर्ति भएको २२ प्रकारका तरकारीहरुको परीक्षण गरेको थियो । परीक्षणको क्रममा चितवनबाट ल्याइएको हरियो सिमीको नमूनामा ४२ प्रतिशतसम्म इन्जाईम इन्हिबिशन पाइएको थियो ।


चितवनका तरकारी व्यवसायी रामकुमार थपलियाको सिमीमा बिषादीको मात्रा पाइएको थियो । बिषादीको मात्रा पाइएपछि विभागको टोलीले थपलियाको ११४ किलो उक्त सिमी ३ दिनसम्म क्वारेन्टाइन होल्ड गर्न लगाएको छ ।


तरकारीमा ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिभिशन पाइदा क्वारेन्टाइन होल्ड गरि पुनः परिक्षण गर्ने र ४५ प्रतिशतभन्दा वढी आएमा नष्ट गर्ने प्रावधान छ ।

क्लिकमान्डु डट कमले उक्त बजारमा भित्रिने तरकारी तथा सागमा अत्यधिक परिमाणमा विषादी पाउन लागेको भन्दै गत् बर्षदेखि श्रृखलावद्ध रुपमा समाचार सम्प्रेषण गर्दैआएको छ ।

कालिमाटी बजारमा पछिल्लो समयमा तरकारीका साथै रायोसहित विभिन्न सागमा विषादीको मात्रा अत्यधिक परिमाणमा पाउन थालेको बिषयमा क्लिकमान्डुले नियमित रुपमा समाचार प्रकाशित गर्दैआएको छ । क्लिकमान्डुले श्रृखलावद्ध रुपमा समचार प्रकाशित गर्न थालेपछि नियमनकारी निकायले रातिको समयमा पनि उक्त बजारमा अनुगमन गर्न थालेको हो ।

विभागको टोलीले अनुगमन स्थलमै पहिलो पटक सबैभन्दा ठूलो परीक्षण गरेको हो । यसअघि तरकारी, खाद्यान्न, पेयजन्य वा औद्योगिक उत्पादनको यति लामो समयसम्म परीक्षण गर्ने काम भएको थिएन ।

खबरपाटी
खबरपाटी