एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना, वर्षाको सम्भावना कति ?

एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना, वर्षाको सम्भावना कति ?

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । 

्मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार  कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम  मुख्यतया सफा रहने छ।  बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेको छ।

मंगलबार भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

खबरपाटी
खबरपाटी