मधेश प्रदेश : मुख्यमन्त्री कार्यालयमा स्थानीय तहका कर्मचारीहरूको धर्ना

मधेश प्रदेश : मुख्यमन्त्री कार्यालयमा स्थानीय तहका कर्मचारीहरूको धर्ना

काठमाडौं ।  स्थानीय तहका कर्मचारीहरूले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्री अवासामा धर्ना दिएका छन्। पदस्थापनको माग गर्दै स्थानीय तहका कर्मचारीहरू धर्नामा बसेका हुन्।

मधेश सरकारले बनाएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सतहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ‘स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐन, २०८१’ त्रुटिपूर्ण रहेकाले आफूहरू समस्यामा परेको स्थानीय तहमा कार्यरत कर्मचारीहरूको भनाई छ।

प्रदेश सरकारको मौनताका कारण कर्मचारीहरू समस्यामा परेको भन्दै पदस्थापना नभएसम्म धर्ना जारी रहने आन्दोलनरत कर्मचारीहरूले बताएका छन्।

त्रुटिपूर्ण विधेयकका कारण सरकारी सेवाका स्थायी कर्मचारीहरूको सरूवा, पदस्थापना तथा स्तरवृद्धिमा ढिलाइ हुनुका साथै कर्मचारीमा तनाव उत्पन्न भएको कर्मचारीहरूले बताएका छन्।

खबरपाटी
खबरपाटी