सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्समा दैनिक १० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको दाबी

सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्समा दैनिक १० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको दाबी

काठमाडौँ । मेटाका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्समा दैनिक १० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको दाबी गरेका छन् । सोमबार एक पोस्ट मार्फत जुकरबर्गले थ्रेड्सको सक्रिय प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा बढेको बताएका छन् ।

जुकरबर्गको दाबी अनुसार, थ्रेड्समा सक्रिय प्रयोगकर्ताको संख्या ठूलो देखिए तापनि यो संख्या प्लेटफर्मको सार्वजनिक उद्घाटनको पाँच दिनमै १० करोड प्रयोगकर्ताले अकाउन्ट खोलेको संख्या हो । मेटाले थ्रेड्समा सक्रिय प्रयोगकर्ताको सङ्ख्या सार्वजनिक रूपमा पहिलोपटक प्रस्तुत गरेको हो ।

मेटाले २०२३ मा थ्रेड्सको सुरुवात सामाजिक सञ्जाल एक्स ९पूर्वको ट्वीटर० को विकल्पको रूपमा गरेको थियो। एक्समा प्रयोगकर्ताको घट्दो रुचिका कारण मेटाले थ्रेड्समार्फत आफ्नो प्लेटफर्ममा प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने प्रयास गरेको थियो । यद्यपि, त्यही समयमा अर्को सामाजिक सञ्जाल ब्लुस्काईले पनि प्रयोगकर्ताहरूको ध्यान आकर्षित गरेको छ । ब्लुस्काईका अनुसार उक्त प्लेटफर्ममा २।५ करोडभन्दा बढी प्रयोगकर्ता छन् ।

जुकरबर्गले सोमबार सार्वजनिक गरेको विवरण अनुसार, थ्रेड्सलाई मासिक ३० करोड प्रयोगकर्ता प्रयोग गर्दैछन्, जसले थ्रेड्सलाई ब्लुस्काईभन्दा धेरै अगाडि पुर्याएको छ।

थ्रेड्सले ब्लुस्काईबाट प्रभावित भएर कस्टम फिडको फिचर सुरु गरेको छ। साथै, मेटाले प्रयोगकर्तालाई आफ्नो फिड कसरी बनाउने भन्ने निर्णय गर्नको लागि नयाँ सुविधा पनि परीक्षण गर्दैछ। इन्स्टाग्रामबाट सोझै अकाउन्ट खोल्न सकिने भएपछि थ्रेड्समा अकाउन्ट खोल्ने प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।

मेटाले थ्रेड्सका पोस्ट इन्स्टाग्राम र फेसबुकमा पनि देखाएर अकाउन्ट खोल्ने तर प्रयोग नगर्ने प्रयोगकर्ताहरूलाई लक्षित गरेको छ ।

खबरपाटी
खबरपाटी