एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार प्रकाशितरप्रसारित गरेपछि एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।
एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए।
उनको त्यो अभिव्यक्ति विरुद्ध मानहानीको मुद्दा परेको थियो। सोही मुद्दामा एबीसी टिभी च्यानल ट्रम्पलाई १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्न तयार भएको हो।
त्यसअघि एबीसी न्यूजले आफ्नो अनलाइन पोर्टलमा ट्रम्प ‘बलात्कारका लागि जिम्मेवार’रहेको भन्दै एक समाचार सामग्री प्रकाशित गरेको थियो।
सम्झौता अनुसार अब एबीसी न्यूजले राष्ट्रपति निर्वाचित डोनाल्ड ड्रम्पले स्थापित गरेको फाउण्डेशन वा राष्ट्रपतिको नामबाट स्थापित संग्रहालय अथवा धर्मार्थ योगदानका रुपमा १५ मिलियन डलर भर्नेछ।
यस्तै, ट्रम्पको कानूनी फी’का लागि एक मिलियन डलर भुक्तानी गर्न समेत एबीसी सहमत भएको छ। त्यति मात्रै नभई सम्झौता अनुरूप एबीसीले १० मार्च २०२४ मा अनलाइन समाचार सामग्रीको मुनि सम्पादकको नोट (भूलसुधार) पोष्ट गर्नेछ।
उसले जर्ज स्टेफानोपोलोसले १० मार्च २०२४ मा एक साक्षात्कारका दौरान लगाएको आरोपबारे समेत एउटा खेद प्रकाशित गर्ने बताइएको छ।