दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

काठमाडौं । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक योलको कार्यालय र प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ।


दक्षिण कोरियाको योनहाप समाचार संस्थाले यो जानकारी दिएको हो। 

सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको प्रहरीले जनाएको छ।


बीबीसीका अनुसार यो प्रहरी कारबाही राष्ट्रपति युन सुक योलले मार्सल ल ९सैनिक कानुन० लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा हो।

योनहापको रिपोर्टअनुसार छापा मार्दा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन्।


गत हप्ता मंगलबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले देशमा मार्सल ल घोषणा गरेका थिए। 

तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए।

युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ।

खबरपाटी
खबरपाटी