शुक्रबार सुनको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार ८ सय ९० रुपैयाँ मूल्य कायम भएको छ ।

खबरपाटी
खबरपाटी