२४.९७ अंकले घट्यो नेप्से , ९ अर्बभन्दा बढीको सेयर किनबेच

२४.९७ अंकले घट्यो नेप्से , ९ अर्बभन्दा बढीको सेयर किनबेच

काठमाडौँ। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार २४.९७ अंकले घटेको छ। नेप्से ०.८९ प्रतिशतले घटेर २७५०.८७ को विन्दुमा पुगेको हो। यसदिन कारोबारमा रहेका १३ मध्ये हाइड्रो, माइक्रोफाइनान्स र उत्पादन क्षेत्रको समूहगत परिसूचक मात्रै बढेको छ। १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ। आठ कम्पनीको स्थिर छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ९ अर्ब १३ करोड २४ लाख ६८ हजार रुपैयाँमा दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच भएको छ।

सबैभन्दा धेरै कमाउनेमा खानीखोला हाइड्रोको सेयरमूल्य ९.९९ र जोशी हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ। सर्पोट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्सको सेयर मूल्य दश प्रतिशतले घटेको छ।

खबरपाटी
खबरपाटी