नेप्सेमा १७.८० अंकले वृद्धि, यी कम्पनीको भयो सर्वाधिक कारोबार

नेप्सेमा १७.८० अंकले वृद्धि, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१७.८० अंकले बढेर २७७५.८५ को विन्दुमा कायम भएको छ ।

यस दिन  नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा सात उपसूचक हरियाली भएको छ ।

यस दिन  सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ७४ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जानकी फाइनान्स कम्पनीको करोड २६ लाख ५१ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन बेष्ट फाइनान्स कम्पनीको २४ करोड ६ लाख ३२ हजार रुपैंया र एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ८७ लाख २३ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको १७ करोड २५ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

खबरपाटी
खबरपाटी