काठमाडौँ । टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीले बि.आइ.टि र बि.सि.एस कार्यक्रमका नवप्रवेशी विद्यार्थीहरूका लागि शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, पाठ्यक्रम, सुविधाहरू, र भविष्यका अवसरहरूको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा प्रख्यात विद्वानहरू प्रोफेसर डा. सुदान झा, डा. पवन कुमार शर्मा र इन्जिनियर बासुदेव राउतले आफ्नो ज्ञान र अनुभव बाँड्दै विद्यार्थीहरूलाई प्रेरित गरेका थिए। उनीहरूले सूचना प्रविधिको विश्वमा सफल हुन आवश्यक पर्ने कौशल, दृष्टिकोण र चुनौतीहरूका बारेमा विस्तृत जानकारी प्रदान गरेका थिए।
कार्यक्रममा सहभागी भएका एक विद्यार्थीले भने, “यस कार्यक्रमले मलाई आगामी शैक्षिक यात्राका लागि उत्साहित बनाएको छ। प्रोफेसरहरूको मार्गदर्शन र कलेजको सुविधाले मलाई सफल हुन मद्दत गर्नेछ भन्नेमा म विश्वस्त छु।”
टेक्सास कलेजले आफ्नो “Learning By Doing” को दर्शनलाई प्राथमिकता दिँदै विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कलेजले आधुनिक सुविधाहरू, अनुभवी संकाय र बलियो उद्योग सम्बन्धको माध्यमबाट विद्यार्थीहरूको सफलतालाई सुनिश्चित गर्ने लक्ष्य राखेको छ।