करोड होइन, कौडी खाएको पुष्टि गरे राजनीति छोडिदिन्छु- मन्त्री पाण्डे

करोड होइन, कौडी खाएको पुष्टि गरे राजनीति छोडिदिन्छु- मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मतियार र बिचौलीसँग कहिल्यै पनि सम्झौता नगर्ने बताएका छन् । मंगलबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पाण्डेले इमान्दार भएर काम गर्न खोज्नेहरुलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको बताएका हुन् ।

उनले भने, ‘पहिला राजनीति गर्ने व्यक्तिहरु बलियो हुनुहुन्थ्यो । अहिले स्वार्थ समूहका शक्तिशाली भएको देखिरहेको छु । मैले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने, मेरो मनोबल, आत्मबललाई गिराउने गरी काम गरिरहेका छन् ।’

उनले अगाडि भने, ‘म यो पशुपतिनाथको मन्दिर अगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा केही अनलाइनहरुलाई प्रयोग गरेर, केही बिचौलीका मतियारहरुले आरोप लगाएका छन्, करोड त के कौडी खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका आगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहन्छु ।’ 

खबरपाटी
खबरपाटी