काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली करिब दुई महिनाको क्यानडा र अमेरिका भ्रमण पछि बिहीबार स्वदेश फर्किएको छ।
क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ(क्यान)का पदाधीकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
अमेरिका र क्यानडामा रहँदा नेपालले दुई वटा त्रिकोणात्मक ओडिआई सिरिज, एक त्रिकोणात्मक टि(२० सिरिज तथा अमेरिकासँग तीन टि(२० आई सिरिज खेलेको थियो।
भदौ २५ गते क्यानडा गएको नेपालले त्यहाँ ओमान र घरेलु टोलीसँग लिग टु अन्तर्गतको ओडिआई सिरिज खेलको थियो। त्यसपछि भएको त्रिकोणात्मक टि(ट्वान्टी सिरिजमा दोस्रो भएको थियो।
क्यानडा भ्रमण सकाएर अमेरिका गएको नेपाली टोलीले अमेरिकाविरुद्धको तीन खेलको टी(२० आई सिरिज क्लिन स्विप गरेको थियो।
त्यसपछि घरेलु टोली र स्कटल्याण्डसँग भएको त्रिकोणात्मक ओडिआई सिरिजमा २ मा पराजित नेपाल १ जित र १ खेल रद्द हुँदा ३ अंक पाउन सफल भयो।