सिकलसेल उपचारका लागि थारू समुदायलाई भेरी अस्पतालमा बेग्लै वार्ड

सिकलसेल उपचारका लागि थारू समुदायलाई भेरी अस्पतालमा बेग्लै वार्ड

काठमाडौं । ​देशको पश्चिम तराईका थारू समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् ।


ठूलो संख्यामा थारू समुदायमा समस्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । यस्तोमा मन्त्री पौडेलले भेरी अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरूका लागि समेत व्यवस्था गराउने निर्णय गरेका हुन् ।

ब्मखभचतष्कmभलत
मन्त्री पौडेलले गत महिना सिकलसेल उपचार सम्बन्धमा अभियन्ता उज्वलविक्रम थापा, थारू अधिकारकर्मीलगायतको टोलीसँग समुदायको समस्याबारे जानकार रहेको भन्दै यसका लागि केही व्यवस्था गर्ने घोषणा गरेका थिए ।

सोहीअनुरूप थारू समुदायलाई पायक पर्ने र अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।​

थारू समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडाले देखाएको छ ।

पश्चिम तराई बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायतका भूभागमा बसोवास गर्ने थारू समुदायका नागरिकहरू सिकलसेल रोगबाट बढी प्रभावित पाइएको छ ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका बमोजिम सिकलसेल एनिमिया रोग लागेका विरामीहरूलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, थप निदानात्मक सेवा शय्या सेवा शुल्क आदिको लागि १ लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

खबरपाटी
खबरपाटी