काठमाडौं १९ - सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दू धर्मको महत्व बोकेको धार्मिकस्थल पाँच पोखरी पुगेर दिदिभाईले भाईटिका लगाएका छन ।
दाङ जिल्लाका संजय घिमिरे र दिदि निलम शर्माले २०८१ को भाईटिका पाचँ पोखरी पुगेर लगाउने निर्णय गरि काठमाडौंबाट हिडेको ३ दिनको पैदल यात्रा गरि पाचँ पोखरी पुगेको संजय घिमिरेले बताएका छन ।
इन्द्रावतीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्– भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड । पाँच पोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात रहेको हुदाँ पोखरी पुगेर भाईटिका लगाउने ठुलो इच्छा भएकोले योजना बनाएको घिमिरेले बताएका छन । दिदि निलम र संजयका अनुसार आफुहरुले लिएको यो निर्णय जिवनको महत्वपूर्ण निर्णय मध्यको एक भएको बताएका छन । आगामी दिनमा देशका अन्य पर्यटकीय र धार्मीक गन्तव्यमा पुग्ने रहर भएको बताएका छन । लक्ष्य लियो भने गन्तव्य अवश्य भेटिन्छ भन्ने विश्वास संजय घिमिरेले लिएका छन ।
विशेष गरि हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ। यि पोखरीहरू इन्द्रावती नदीको उद्गम स्थलमा अवस्थित छन् । पाँच पोखरी समुन्द्र सतहबाट लगभग ४१०० मिटरको उचाइमा अवस्थित छ । यस पोखरीको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ ।