एनएमविएसद्धारा ५ दिने अभुमूखिकरण तालिम सम्पन्न

एनएमविएसद्धारा ५ दिने अभुमूखिकरण तालिम सम्पन्न

काठमाडौं १३ – नेपाल महिला विश्वासी संघद्धारा आयोजित ५ दिने अभुमूखिकरण तालिम सम्पन्न भएको छ ।
पैरवीका लागि महिला नेतृत्व परिचालन तथा मानसिक स्वास्थ्य सम्बन्धि तालिम कार्तिक ९ गते देखि १३ गते सम्म सञ्चालन भएको थियो । ५ दिने तालिममा विभिन्न विधाहरु बारे छलफल र जानकारी गराईएको थियो । जसमा मानव अधिकार सम्बन्धि जानकारी अधिवक्ता ननिता खत्री,पैरवी सम्बन्धि जानकारी मेनुका बस्नेत ,लैंगीक समानता सम्बन्धि जानकारी चन्दा विष्ट,साथै आत्महत्याका कारण तथा तनाव वयवस्थापन सम्बन्धि अन्जु लक्ष्मी मर्हजन र महिला नेतृत्व विकास र सशक्तीकरण सम्बन्धि जानकारी डायना प्रधानले गराउनु भएको थियो । 
नेपाल महिला विश्वासी संघका कार्यकारी निर्देशक द्रौपदी रोकायाले बाच र बचाऔ, सकारात्मक सशक्तीकरण उदेश्य भएको बताउनु भयो । काठमाडौं महानगर,भक्तपूर नगरपालिका र ललितपूर महानगरका विभिन्न क्षेत्रबाट २८ जना सहभागीहरुको उपस्थिती रहेको थियो । सहभागिहरुले आफ्ना आफ्ना अनुभव र क्षमताका क्रियाकलाप प्रस्तुत गरेका थिए ।
स्थापनाको २९ औ वर्षमा प्रवेश गरेको एनएमविएसले विगतका दिनहरुमा पनि विभिन्न किसीमका तालिमहरु प्रदान गर्दै आएको छ ।

खबरपाटी
खबरपाटी