उमङ्ग टोलमा शुभकामना एवं सम्मान कार्यक्रम सम्पन्न्

उमङ्ग टोलमा शुभकामना एवं सम्मान कार्यक्रम सम्पन्न्

२०८१, कार्तिक १०, बुढानिलकण्ठ - ८, उमङ्ग टोल सुधार समाजले आफ्ना टोलबासी बिच दिपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान,  चियापान एवं एस.ई.ई २०८० मा उत्कृष्ट ग्रेड ल्याउने बालबालिकाहरुलाई सम्मान कार्यक्रम अध्यक्ष नरेश श्रेष्ठको अध्यक्षता एवं बुढानिलकण्ठ नगरपालीका - ८ का अध्यक्ष सुमन तामाङको प्रमुख आतिथ्यतामा अतिथिहरु नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, डिआजी निरन्जन विष्ट, टोलका जेष्ठ नागरिक पदम बहादुर भण्डारी, रुद्रमती टोल सुधार समाजका अध्यक्ष तारा प्रसाद पराजुली, समाजका सल्लाहकारहरु प्रधुन्न नेपाल, कमलदेब मल्ल, टानका वरिष्ठ उपाध्यक्ष कर्म शेर्पा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरकारी कर्मचारीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भयो । कार्यक्रममा सल्लाहकार प्रधुन्न नेपालले स्वागत मन्तव्य एवं बिनिता ढकाल्ले स्वागत गानद्वारा उपस्थित सबैलाई स्वागत गरिएको थियो ।

सम्मानित हुने भाईवहिनीहरुमा प्रतिकराज विष्ट, सौरव खड्का, रश्मिका सिलवाल, निर्दिप मैनाली, अन्सु भण्डारी, शन्चिता जोशी, सुप्प्रित राई, सशिसा राई र मोनालिसा खड्का थिए । विद्यार्थी भाईबहिनीह्रुलाई सम्मान पत्र र खादाद्वारा वडा अध्यक्ष र समाजका अध्यक्षले संयुक्त रुपमा सम्मान गरेका थिए। 

समाजले हरेक वर्ष शुभकामना आदानप्रदान, वनभोज, देउसी भैलो कार्यक्रमहरु गर्ने गरेको छ । समाजमा सदस्य रहेका करिब एक सय घर परिवारमा हरेक सुख दु:खमा साथ दिइने गरिएको कुरा समाजका सचीव यम खड्काले जानकारी गराए। 
यसरी कार्यक्रम गर्दा एक आपसमा चिनजान हुने, सदभाव कायम हुने, हिजो गाउँघरमा रमाइलो गरेको, एक आपसमा भेटघाट हुने कुरालाई पनि बिर्सन सहज हुने कुरा समाजका अध्यक्ष नरेश श्रेष्ठले बताए । 
आफ्नो भनाई राख्दै टोलबासी एवं नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले आफ्न्त, दाजुभाई, इष्टमित्र जे भने पनि झरछिमेकी नै पहिलो भएको कुरा बताए भने समाजका अध्यक्ष र टिमले गरेका कामको प्रसंशसा गरे । छिमेकी टोल सुधारका अध्यक्ष तारा प्रसाद पराजुलीले हामी सबैजना मिलेर काम गर्दा मात्र हामी आफ्नो टोलको विकास गर्न सक्ने कुरा बताए। त्यसै गरि टोलबासी एवं डिआजी निरन्जन विष्टले हामी बाहिर जिल्लाबाट आएर शहरमा बस्दा हाम्रा लागि सबैभन्दा ठूलो भनेको छिमेकी नै भएको कुरा बताए । यो समाजले गर्ने हरेक क्रियाकलापहरु अत्यन्तै महत्त्वपूर्ण हुने गरेको छ । टोलको विकास र अन्य हरेक कार्यमा पनि समाजको सक्रियता उत्तिकै रहने गरेको कुरा बताउँदै कार्यक्रममा सम्मानित सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई बधाई दिंदै युवा अवस्थाबाटै समाजमा घुलमिल हुन र स्वदेश मै केहि गर्न अनुरोध गरे । साथै  समाजले गर्ने हरेक सकारात्मक कदमा वडा सधैं साथमा रहेको समेत वडा अध्यक्ष सुमन तामाङ प्रष्ट पारे ।

खबरपाटी
खबरपाटी