रोटरी क्लब अफ कपनको स्थापना दिवस एवं डिजी भिजिट कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ कपनको स्थापना दिवस एवं डिजी भिजिट कार्यक्रम सम्पन्न

कार्तिक १०, रोटरी क्लब अफ कपन आर.आइ. डिस्ट्रीक्ट ३२९२ नेपाल -भुटान (RI District 3292 Nepal -Bhutan ) को आफ्नो स्थापना दिवस तथा डिस्ट्रीक्ट गभर्नर   भिजिट कार्यक्रम क्लबका अध्यक्ष नियुक्ति शेर्पाको अध्यक्षतामा तथा रोटरी क्लबका डिस्ट्रीक्ट गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा ड्रीस्टीक्टका पूर्व गभर्नर संजय गिरी, नोमिनी डिस्ट्रीक्ट गभर्नर बिष्णु बहादुर कार्की, सचिब अशोकमान कपाली, आर.आइ. प्रोग्राम कमिटी चियर दुर्गा  सुवेदी , क्लबका ए.जी रुपेश श्रेस्ठ, एजी एवं भादगाउँ क्लबका पूर्व अध्यक्ष सि.पी आचार्य, चार्टर्ड प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, क्लबका मानार्थ सदस्य राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला ( प्रदिप कुमार राई ) र अर्का मानार्थ सदस्य साहित्यकार हेम प्रभाष बालबालिका अधिकार एवं महिला उत्थान कार्यक्रमकी चियर रमिला शाक्य लगायत रोटरी क्लब अफ कपनका सदस्यहरुको उपस्थिति रहेको थियो । क्लबमा ७ जना नयाँ सदस्यहरुलाई पदस्थापना गराइयो । सो अवसरमा प्रमुख अतिथि डी.जी. राजेन्द्रमान शेरचनद्वारा क्लबका गतीबीधीहरुलाई अझ सशक्त बनाएर अगाडि बढाउनुका साथै सदस्यता वृद्धि गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा पूर्व अध्यक्ष डा .राजु लामा ( कोन्दन ) ले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो भने डी.जीको परिचय 
क्लबका उपाध्यक्ष प्रल्हाद दाहालले गरेका थिए भने  कार्यक्रम संचालन क्लबका सचिब धुर्ब तिवारीले गर्नु भएको थियो ।

डिस्ट्रीक्ट गभर्नरको उपस्थितिमा क्लोज बैठक बसी क्लबको रिपोर्ट अध्ययन गरि गभर्नर र सचिबले क्लब अध्यक्ष,सचिब, इलेक्ट प्रेसिडेन्टलाई आवश्यक निर्देशन दिइएको थियो ।
सोही दिन क्लबको नवौं स्थापना दिबस मनाइनुका साथै क्लबका पूर्ब अध्यक्ष मनोज घिमिरेको पनि सोहि दिन जन्म दिन परेकोले केक काटी जन्म दिन मनाइएको थियो ।

कार्यक्रममा मायाको चिनो स्वरुप बिरुवा प्रदान गरिएको थियो भने क्लबका पूर्व अध्यक्ष मनोज कुमार घिमिरेले कार्यक्रममा सहभागी सबैमा धन्यबाद ब्यक्त गर्दै सबै मिलि कार्यक्रमहरु गर्दै जाने कुरा बताए । कार्यक्रमको अन्त्यमा रात्रीभोजको आयोजना गरिएको थियो ।

खबरपाटी
खबरपाटी