१९औँ एसियाली खेलकुद: महिला फुटबलमा नेपालले आज जापानसँग खेल्दै

१९औँ एसियाली खेलकुद: महिला फुटबलमा नेपालले आज जापानसँग खेल्दै

१९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसँग खेल्दै छ। चीनमा जारी प्रतियोगितामा हुने नेपाल र जापानबीचको खेल आज साँझ ५: १५ बजे सुरु हुने छ।  

महिला फुटबलमा नेपालले जापानसँग पहिलो पटक खेल्न लागेको हो। यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रवार नेपालले भियतनामसँग खेल्दा २–० ले पराजित भएको थियो।  

समूह ‘डी’ मा रहेको नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ। उक्त समूहमा जापान शीर्ष स्थानमा रहेको छ। यस्तै भियतनाम दोस्रो स्थानमा तथा बङ्गलादेश अङ्क तालिकाको पुछारमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बङ्गलादेशसँग खेल्ने छ। 

खबरपाटी
खबरपाटी