१०० दिनमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरियो: प्रधानमन्त्री केपी शर्मा ओली

१०० दिनमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरियो: प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको बताएका छन् । सरकारको १०० दिन पूरा भएको अवसरमा बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै उनले यसबारे जानकारी दिएका हुन् । 

उनले आफूले सरकारको नेतृत्व सम्हालेको अवधिमा सडक मर्मत र निर्माणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । 

उनका अनुसार मर्मत भएकामध्ये ३२।५ प्रतिशत सडकमा कालोपत्रे समेत भएको छ । जसले यातायात सेवालाई थप सुरक्षित र सहज बनाएको प्रधानमन्त्रीले सम्बोधनका क्रममा बताए । 
 

खबरपाटी
खबरपाटी