पूर्वराजा शाहले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

पूर्वराजा शाहले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा सर्वसाधारणाई टीका लगाइदिने भएका छन् । शाहले विजयादशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।

शाको सचिवालयका संवाद सचिव फणिराज पाठकका अनुसार, शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने छन् ।पूर्वराजा शाह अहिले एक साता लामो भुटान भ्रमणमा छन् । उनी फूलपातीअघि स्वदेश फर्कने संवाद सचिव पाठकले जानकारी दिए ।

खबरपाटी
खबरपाटी