रास्कोट अस्पतालको काम अन्तिम चरणमा

रास्कोट अस्पतालको काम अन्तिम चरणमा

काठमाडौं  । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा अर्को अस्पताल निमार्णको काम अन्तिम चरणमा पुगेको छ । नगर सरकारले अर्को अस्पताल निमार्णका लागि बाटो खोलेपछि निमार्ण कार्य अगाडी बढेको हो ।

२०७८ सालमा अस्पताल निमार्णका लागि सङ्घ सरकारले बजेट पठाएपनि नगरपालिकामा नगरकै स्वामित्वमा रहेको रास्कोट सामुदायिक अस्पताल भएकाले अर्को निमार्ण गरिरहनु नपर्ने मन्त्रालयले परिपत्र गरेको थियो । तर केन्द्रसँग चिनजान भएका र पछिल्लो नगर सरकारको जोडबलमा नगरपालिकामा अर्को अस्पताल निमार्ण हुन सुरु भएको हो। 

२०७९ सालदेखि अस्पताल निमार्णको काम सुरु भएर अहिले अन्तिम चरणमा पुगेको हो । स्थानीय अगुवा तुलाराज सिम्खडा, दयाराम सिम्खडा, हंसराज न्यौपाने, कौसल न्यौपाने, हंसराज बराल लगायतका व्यक्तिले रास्कोट सामुदायिक अस्पताल दर्ता गराएर नागरिकको सहयोगमा १५ शय्याको अस्पताल निमार्ण गरेर अघिल्लो नगरसरकारलाई हस्तान्तरण गरेपछि अर्को अस्पताल एउटै ठाउँमा आवश्यकता नपर्ने मन्त्रालयले भनेको थियो । 

मन्त्रालयकै परिपत्रले ठेक्का रोकिएको भए पनि पुन २०७९ सालमा निर्वाचित नगर सरकारले मन्त्रालयलाई पत्र लेख्दै हामी दुई अस्पताल सञ्चालन गर्न सक्षम भएको दाबी गरेका कारण अर्को अस्पताल निमार्ण सुरु भएको हो । 

स्थानीय गोकर्ण सज्यालले स्युनाका नागरिकले निःशुल्क जग्गा दिएर नागरिककै लगानीमा बनेको रास्कोट सामुदायिक अस्पताललाई अलपत्र पार्नका लागि राजनीति भएको बताउनुभयो । गौतुकोटको अस्पताल उतिबेलै नगरसरकारलाई हस्तान्तरण गरिसकेको र नगरकै स्वामित्वमा भएकाले उसैलाई थप स्तरबृद्धी गर्नुको सट्टा अर्को अस्पताल निमार्ण गरेर नागरिकबिच विवाद ल्याउन खोजेको बताउनुभयो । 

नगरमा भौतिक संरचना बन्नु राम्रो हो । ती संरचनालाई जोगाउनु पनि उतिकै दायित्व भएकाले नगर सरकार र केही उहाँसँगका नातेदारहरुले पछिको समस्यालाई विश्लेषण नगरेर फलानोले अस्पताल निमार्ण गर्‍यो, हामीले पनि गर्नु पर्छ भन्ने मनसायले काम भइरहेको स्थानीयको आरोप छ । स्थानीय तथा रास्कोट सामुदायिक अस्पताल गौतुकोट निमार्णका अभियन्ता हंसराज न्यौपानेले हामीले गरेको कामलाई अर्थात् हाल परिवर्तित रास्कोट अस्पताल गौतुकोट जो नगर सरकारकै स्वामित्वमा गइसकेको संरचनालाई जीर्ण बनाउनका लागि अर्को अस्पताल निमार्ण सुरु भएको गुनासो गर्नुभयो ।

उहाँले निमार्ण होस चलोस्, नागरिकले सेवा पाहुना र दुवै अस्पतालमा जनशक्तिदेखि सबै व्यवस्थापन भएमा आफूहरूले लगाएको आरोप खारेज होला, नत्र भने हामीले निमार्ण गरेर सेवा दिँदै आएको नगरको अस्पताललाई अस्वीकार गरेर नै यो निमार्ण गरिएको हो भन्ने पुष्टि हुँदै जाने बताउनुभयो । 

रास्कोट नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमले अस्पताल सञ्चालनकै लागि निमार्ण भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले सङ्घ सरकारले जति बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सय बढी स्थानीय तहमा निमार्ण हुने अस्पतालको शिलान्यास गर्नुभएको र उक्त लिस्टमा रास्कोटमा विमार्णाधीन अस्पताल परेकै कारणले निमार्ण भइरहेको बताउनुभयो । 

अस्पताल निमार्ण भएर दुवै अस्पताल राम्रोसँग चलेमा नागरिकले राम्रो सेवा पाउने आशा पनि एकतिर बढिरहेको छ । 

खबरपाटी
खबरपाटी