पाकिस्तानको बलिचिस्तानमा २४ घण्टाको अवधिमा ३९ जनाको हत्या

पाकिस्तानको बलिचिस्तानमा २४ घण्टाको अवधिमा ३९ जनाको हत्या

काठमाडौं।पाकिस्तानको बलुचिस्तान प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा ३९ जनाको हत्या भएको छ। जसमा २२ जना यात्री रहेका छन्। 

यसका साथै कलात जिल्लामा ११ जनाको हत्या भएको छ। जसमध्ये पाँच जना प्रहरी रहेका छन्। यस्तै एक अर्को जिल्लामा ६ वटा शव बरामद गरिएको छ। 

दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तानको मुसाखेल जिल्लामा बन्दुकधारीले कम्तिमा २२ जनाको हत्या गरेको बीबीसीले उल्लेख गरेको छ। 

अधिकारीका अनुसार बन्दुकधारीले मानिसहरुलाई उनीहरुको गाडीबाट उतारेर पहिचान र ठेगाना पत्ता लगाएपछि उनीहरुको हत्या गरिएको हो।

यस्तै बीएलएले पूरै इलाकामा प्रहरी चौकी, सुरक्षा बलको शिविर र अन्य कैयौं सरकारी क्षेत्रमा हमला गरेका छन्। 

यो हमला शनिबार र आइतबारको मध्यरातमा बलुचितस्तान प्रान्तको एक जिल्लाको राजमार्गमा भएको हो। यहाँ सुरक्षा बलले सांप्रदायिक, जातीय र अलगाववादी हिंसाको लगातार सामना गरिरहेको छ। 

सुरक्षा अधिकारीका अनुसार हतियारसहितका मानिसहरुले पहिचानको कागजातको जाँच गरेका थिए। उनीहरुले गोली प्रहार गर्नुअघि पञ्जाबका मानिसहरुको पहिचान गरे र उनीहरुको सवारी साधनमा आगोसमेत लगाएका थिए।

चरमपन्थी समूह बलुच लिबरेशन आर्मीले मुसाखेल जिल्लामा भएको आक्रमणमा आफ्नो हात रहेको स्वीकारेको छ। मुसाखेल बलुचिस्तानको राजधानी क्वेटाबाट करिब चार सय किलोमिटर उत्तर–पूर्वमा रहेको छ। 

खबरपाटी
खबरपाटी