धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना घाइते

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना घाइते

काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना घाइते भएका छन्।

धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको इभी माइक्रो बस गजुरी नजिक आइपुग्दा बसमाथि रुख ढल्दा ७ जना यात्रु घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार यतिबेला घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पतालमा लगिएको छ।

सो ठाउँमा पहिरो गइरहेका कारण गुडिरहेको बसमाथि पहिरोसँगै रुख आएको र यतिबेला अवरुद्ध उक्त सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको सनाखत हुन बाँकी छ।

खबरपाटी
खबरपाटी