सत्तासमीकरण परिवर्तनपछि रवि आत्तिए, प्रधानमन्त्रीले राजीनामा दिन आलटाल गर्नु राम्रो होइन : डा. शशांक

सत्तासमीकरण परिवर्तनपछि रवि आत्तिए, प्रधानमन्त्रीले राजीनामा दिन आलटाल गर्नु राम्रो होइन : डा. शशांक

इनरुवा- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले सत्ता-समीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन सुनसरीले बुधबार इटहरी उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता-समीकरण परिवर्तनपछि केही नेता र पार्टी आत्तिएको उल्लेख गरे।

प्रतिनिधि सभा सांसद डा कोइरालाले सत्ता-समीकरण बदलिएपछि विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आत्तिएको र त्यसै कारण लामिछानेले मङ्गलबार गलत प्रतिक्रिया दिएको बताए।

 

कांग्रेस–एमालेबीच समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन आलटाल गर्नु राम्रो नभएको पनि डा कोइरालाको भनाइ छ। 

दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशङ्का व्यक्त भइरहेको भन्दै उनले दुई पार्टीले राम्रो काम गरेर यस्ता आशङ्का चिर्नुपर्नेमा जोड दिए।

खबरपाटी
खबरपाटी