आजको मौसममा कहाँ कहाँ छ मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा ?

आजको मौसममा कहाँ कहाँ छ मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू(भागको एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आइतबार  देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी