सिधाकुरालाई अडियो उपलब्ध गराउने तिमल्सिनालाई प्रहरी हिरासतमा राख्न सर्वोच्चको आदेश

सिधाकुरालाई अडियो उपलब्ध गराउने तिमल्सिनालाई प्रहरी हिरासतमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा सिधाकुरा डटकमलाई अडिओ उपलब्ध गराएका राजकुमार तिमल्सिना जेल चलान भएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि प्रहरीले तिम्ल्सिनालाई हिरासतमा राखेको हो ।

सोही प्रकरणमा सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगाना भने तारेखमा छुटेका छन् ।

बयान दिने क्रममा सिधाकुरा डटकमका प्रकाशक कँडेलले तिमल्सिनाले समाचार उपलब्ध गराएकाे अडियाेका आधारमा सामग्री प्रकाशन प्रशारण गरेको बताएका थिए । कँडेलकाे बयानपछि अदालतले तिमल्सिनालाई झिकाउने आदेश दिएको थियो ।

खबरपाटी
खबरपाटी