तस्करी प्रकरण चलाउनेहरु आफैँले सुन तस्करीमा संलग्न : केपी शर्मा ओली
६ असोज २०८०, शनिवार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको मुद्दामा आज उच्च अदालत पाटनले पेसी तोकेको छ ।
लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलामाथि उच्च अदालतलमा पुनरावेदन गरेका थिए । पाटन अदालतले सोही मुद्दाको आज पेसी तोेकेको हो ।
अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट कागजात मगाउने आदेश दिएर फैसला टारिदिएको लामिछाने पक्षको बुझाई छ ।
अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौँले गत पुस १३ गते लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो ।
सोही फैसला अनुरुप लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण भएको थियो ।