एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा

एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा

काठमाडौं : ओमानमा हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ। एसियन क्रिकेट  काउन्सिलले रोहित पौडेल कप्तान रहेको १४ सदस्यीय टोलीको सूची सार्वजनिक गरको छ। 

नेपाली टोलीमा पौडेलसँगै कुशल भुर्तेल, सन्दीप जोरा, गुल्शन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अविनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजबंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह रहेका छन्। 

भारतमा भ्रमणमा जाँदा यही टोलीमा आकाश चन्दसमेत रहेका थिए। प्रिमियर कपमा भने उनी परेनन्। एसिया कप छनौटसमेत रहेको प्रिमियर कपमा नेपालले चैत ३० गते पहिलो खेल खल्दैछ।

खबरपाटी
खबरपाटी

लोकप्रिय