नेपालबाट बंगलादेशमा निर्यात हुने विद्युत् खरिद बिक्री विषयमा आज सम्झौता हुँदै

आज बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफलपछि विद्युत् खरिद–बिक्रीदर तय हुने

नेपालबाट बंगलादेशमा निर्यात हुने विद्युत् खरिद बिक्री विषयमा आज सम्झौता हुँदै

काठमाण्डौ – नेपालबाट बंगलादेशमा निर्यात हुने विद्युत् खरिद बिक्री र शुल्कको विषयमा आज सम्झौताको तयारी भएको छ । सम्झौताको लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली हिजै बंगलादेश गइसकेको छ । आज बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफलपछि विद्युत् खरिद–बिक्रीदर तय हुनेछ ।

बंगलादेशले गएको माघमा ४० मेगावाट विद्युत् नेपालसँग किन्नका लागि प्रस्ताव माग गरेको थियो । प्रस्तावमा पठाएका विषय आज टुंगो लाग्ने छ । आउँदो बर्खादेखि नै बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी अनुसार नेपाल र बंगलादेशले सम्झौता गर्न लागेका प्राधिकरणले जनाएको छ ।

पहिलो चरणमा त्रिशुली जलविद्युत् र तल्लो मोदीबाट उत्पादित बिजुली बंगलादेशमा पठाउने तयारी  छ ।  भारतले आफ्नो क्षेत्र र प्रसारणलाइन हुँदै बंगलादेशमा बिजुली निर्यात गर्न सहमति दिएको छ । भारतीय प्रसारणलाइनको शुल्क अर्थात ह्विलिङ चार्ज नेपाल र बंगलादेश दुवै देशले आपसी समझदारीमा भारतलाई तिर्नेछन् । 

खबरपाटी
खबरपाटी