नेपाल ए ले क्यानडालाई दियो १८२ रनको लक्ष्य

नेपाल ए ले क्यानडालाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । तीन म्याचको सिरिज जित्न नेपाल एले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६।६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन ।

अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९र१९ रनमा आउट भए ।


क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २(२ विकेट लिएका छन् ।

खबरपाटी
खबरपाटी