आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा २९ वटा भन्सार नाका (विन्दु) हुँदै ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको माल–वस्तु आयात भएका छन् । जसमध्ये १७ वटा भन्सार विन्दुबाट नेपालको तर्फबाट ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको माल–वस्तु निर्यात हुँदै गर्दा एक दर्जन (१२ वटा) भन्सार निर्यात शून्य हुन पुगेका छन् ।
भद्रपुर भन्सार कार्यालय, चोभार सुख्खा बन्दरगाह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए), जनकपुर भन्सार कार्यालय, महेशपुर भन्सार कार्यालय, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए), राजविराज भन्सार कार्यालय, सिरहा भन्सार कार्यालय, सुनसरी भन्सार कार्यालय, सुथौली भन्सार कार्यालय, थाडी भन्सार कार्यालय र त्रिवेणी भन्सार कार्यालयबाट निर्यात शून्य भएका हुन् ।