काठमाडौंको स्वयम्भूमा एकै परिवारका चार जना मृत फेला

घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका

काठमाडौंको स्वयम्भूमा एकै परिवारका चार जना मृत फेला

काठमाडौं, काठमाडौंको स्वयम्भूमा चार जना मृत फेला परेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भू स्थित एक घरको डेरामा बस्ने ओखलढुंगाका एकै परिवारका चार जना बुधबार बिहान मृत फेला परेका हुन्।

उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। यो घटनामा श्रीमती र दुई छोरीको हत्या तथा उनका श्रीमान जंगलमा झुन्डिएको अवस्थामा परेको प्रहरीले जनाएको छ।   

कोठादेखि करिब दुई किलोमिटर पर रहेको जंगलमा श्रीमान् ३७ वर्षीय राजु घिमिरे मृत फेला परेका हुन् । घटनाको प्रारम्भिक अनुसन्धानबाट श्रीमानले पनि आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
 
घटनास्थलमा प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ। स्वयम्भूको घरमा ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका थिए।

खबरपाटी
खबरपाटी