अफ्रिकन स्वाइन फिभरु बेलैमा नियन्त्रण नगरे अर्बौ भन्दा धेरैको क्षति पुग्ने अनुमान

समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेमा तीन लाख ६१ हजार वटा बङ्गुर मर्न सक्ने

अफ्रिकन स्वाइन फिभरु बेलैमा नियन्त्रण नगरे अर्बौ भन्दा धेरैको क्षति पुग्ने अनुमान

काठमाण्डाै – बङ्गुरमा लाग्ने 'अफ्रिकन स्वाइन फिभर' रोगलाई बेलैमा नियन्त्रण नगरेमा १५ अर्ब रुपैयाँभन्दा धेरैको क्षति पुग्ने सरकारले जनाएको छ ।

नेपाल पशु चिकित्सा परिषद्ले आज रोग रोकथामका लागि परामर्श जारी गर्दै यो रोगको समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेमा तीन लाख ६१ हजार वटा बङ्गुर मर्न सक्ने जनाएको छ । यसबाट १५ अर्ब १६ करोड ४९ लाख रुपैयाँ बराबरको आर्थिक क्षति हुने अनुमान परिषद्ले गरेको छ ।

विश्व पशु स्वास्थ्य सङ्गठनले दिएको वैज्ञानिक तथ्य र नेपालमा यसले पारेको प्रभावलाई आधार मान्दा समयमै रोग नियन्त्रण गरिएन भने यस रोगबाट ४० प्रतिशत बङ्गुर थप सङ्क्रमित हुने र सङ्क्रमित पशुमध्ये ६६ दशमलव छ प्रतिशत मर्ने अनुमान गरिएको छ । तर यो रोगको उपचार, रोकथाम तथा नियन्त्रण गर्नका लागि आवश्यक पर्ने महत्त्वपूर्ण जनशक्ति पालिकामा रहेको पशु चिकित्सकहरूको दरबन्दी ६० प्रतिशत रिक्त रहेको र धेरै पालिकाका वडामा पशु स्वास्थ्य प्राविधिकहरूको उपस्थिति न्यून रहेको भन्दै परिषद्ले चिन्ता जनाएको छ ।

खबरपाटी
खबरपाटी