आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई विभिन्न काम तोकेर जिम्मेवारी दिन प्रस्ताव भएको छ।
फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकमा पेश गरिने सांगठनिक प्रस्तावमा महामन्त्री थापाले महाधिवेशन प्रतिनिधि लगायतलाई जिम्मेवारी दिने प्रस्ताव गरेका हुन्।
कांग्रेस विधानमा महाधिवेशन प्रतिनिधिको कामको व्यवस्था गरिए पनि प्रष्ट छैन। २०७८ मा भएको १४ औं महाधिवेशनमा कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि सहभागी थिए।
‘पार्टीको माथिल्लो तहले मातहतको तह र सदस्यको मूल्याङ्कन गर्दा विधान बमोजिम प्राप्त जिम्मेवारी पूरा गरे नगरेको हेर्ने र कामको आधारमा मूल्याङ्कन र कार्यक्षमताको आधारमा जिम्मेवारी भन्ने मान्यताका साथ थप जिम्मेवारी पद्धतीको विकास गर्ने’ पनि प्रस्तावमा उल्लेख छ।