विश्व सामाजिक मञ्चको १६औँ सम्मेलनका केहि तस्बिरहरु

सम्मेलनका लागि ९२ देशका ४० हजार नागरिक काठमाण्डौमा भेला

विश्व सामाजिक मञ्चको १६औँ सम्मेलनका केहि तस्बिरहरु

काठमाण्डौ फागुन ४, काठमाण्डौमा बिहिबारदेखि शुरु भएको विश्व सामाजिक मञ्चको १६औँ सम्मेलनमा आज विभिन्न देशका समुदाय र क्षेत्रको विषयमा प्रस्तुतीकरण र छलफल भएको छ ।
विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यका साथ बिहिबारदेखि चार दिने सम्मेलन शुरु भएको हो ।
आज आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिकाबारे छलफल भएको छ ।
आजै बेलुका विभिन्न देशका नागरिकले आआफ्नो पहिचान झल्कने सांस्कृतिक कार्यक्रम समेत गर्दैछन् । यसअघि बिहिबार अर्को विश्व सम्भव छ भन्ने नाराकासाथ शुरु भएको सम्मेलनको उद्घाटनका क्रममा ऐक्यबद्धता र्याली भएको थियो । सम्मेलनका लागि ९२ देशका ४० हजार नागरिक काठमाण्डौमा भेला भएका छन् । 

खबरपाटी
खबरपाटी