क्रिकेट टिमको ब्याकअपको रुपमा रहेको 'ए' टिमले मुलपानी मैदानमा तीन खेल खेल्दै

नेपाल र क्यानडाबीच मुलपानीमा फागुन ६, ८ र १० गते तीन वटा एकदिवसीय खेल हुने

क्रिकेट टिमको ब्याकअपको रुपमा रहेको 'ए' टिमले मुलपानी मैदानमा तीन खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमको ब्याकअपको रुपमा रहेको 'ए' टिमले मुलपानी मैदानमा तीन खेल खेल्दैछ। 

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र क्यानडाबीच मुलपानीमा फागुन ६, ८ र १० गते तीन वटा एकदिवसीय खेल हुनेछ। 

नेपाली क्रिकेटको इतिहासको ए टिम खेल्न लागेको पहिलो पटक हो। टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन्। 

टिममा अधिकांस युवा खेलाडीले स्थान बनाएका छन्। ए टिमको प्रशिक्षक पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली छन्। 

नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।

खबरपाटी
खबरपाटी