इन्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेलसँगको विशेष कुराकानी

इन्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेलसँगको विशेष कुराकानी

काठमाडौँ । इन्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेल अहिले नेपालमा छिन उनले भारतीय चलचित्रहरूमा गीत समेत गाएकी छिन । हामीले मेनुकाको  भारतमा रहँदाको समय र आगामी योजना तथा उनको साङगीतीक भविष्यबारे केही प्रश्नहरू मेनुकालाई गरेका छौ ।

१. मेनुका जी,तपाई भर्खर नेपाल फर्कनु भएको छ, के कस्तो काममा व्यस्त हुनुहुन्छ ?

हजुर,अहिले एकदमै व्यस्त छु, मेरो रेकड प्रोग्रामहरू छन् तथा इन्टरभ्युहरूको लागी पनि धेरै ठाउँहरूबाट फोन आइरहेका हुन्छ । मेरो काम सुरु भैसकेको छ नेपाल आउने बित्तिकै तर केही समय आराम गरैकी सोचिरहेको छु । कामले गर्दा आफूलाई समय  पाएको छैन ।

२. नेपालबाट इन्डियन आइडलमा जाँदा कस्तो लागेको छ ?

म धेरै नै खुसी छु,नेपालीको प्रतिनिधि गर्न पाएको छु जस्तो लागेको छ मलाई । जे होस म इन्डियन आइडलमा जानु नेपाल तथा विश्वभरि रहेका नेपालीहरूको लागी खुसीको विषय हो जस्तो लाग्छ । म धेरै खुसी छु ।

३. इन्डिया आइडल जस्तो ठुलो प्लेटफर्ममा प्रस्तुति गर्दाको अनुभव सुनाउनुहोस् न ?

एकदम गर्व लाग्यो, नेपालमा पनि ट्राई गरेको थिए र मेरो त्यहाँ जाने इच्छा थियो पुरा भयो । त्यहाँ गइसकेपछि आफ्नो प्रस्तुति सँगै धेरै कुरा सिक्न पाइयो, साथीभाइ भए ,आफ्नो प्रतिभा विश्वमा पुगे जस्तो भयो ।

४. तपाईँले कति वर्षको उमेरबाट गाउन थाल्नु भएको हो ?

मैले सानै हुँदादेखि नै गाउँथे ६,७ वर्षको उमेरबाट गाउँथे साथै हार्मोनियम पनि बजाउँथे । मैले गाउँदा सबैले पछि राम्रो गर्छे भन्नु हुन्थ्यो । गीत गुनगुनाउँदा रमाइलो लाग्थ्यो ।

५. तपाईँको परिवारमा अरूले पनि गाउनु हुन्छ ?

हैन परिवारमा म मात्र गाउँछु ,अरूले गाउनु हुन्न ।

६. अब तपाई नेपालमा नै बस्ने कि इन्डिया जाने कि ? तपाईँलाई अवसर छ नि भारतमा नै गर्छु भन्न पनि योजना के छ अब ?

बस्न त नेपाल ,इन्डिया कहाँ हुन्छ त्यो पछि थाहा हुन्छ तर मेरो मन इन्डिया बस्ने छ । नेपालमा र इन्डिया दुवै देशको लागी गर्छु । मैले दुवै देशको लागी काम गर्नुपर्छ ।

७. नेपालमा भन्दा भारतमा तपाई र तपाइको आवाजले पाउनु पर्ने सम्मान पायो तर आफ्नो देशले प्रतिभा चिनेन भन्छन् त ,अहिले तपाइ फर्किएपछि कस्तो प्रतिक्रिया पाउनु भयो ?

अहिले राम्रो प्रतिक्रिया आएको छ ,आफूले नकारात्मक भन्दा सकारात्मकता तर्फ ध्यान दिनुपर्छ ।

८. नेपालको साङ्गीतिक क्षेत्रको अवस्था बारे के भन्नु हुन्छ ?

अहिले धेरै राम्रो भएको छ ,पछिल्लो समय रियालिटी सो हरू धेरै छन् ,आफैले गीत निकालेका छन् ,फिल्म उद्योगहरू छन् अवसर धेरै छन् । अहिले अवसर पाउन सजिलो छ ।

९. सरकारले के गर्नुपर्छ साङ्गीतिक क्षेत्रको लागी ?

सरकारले साङ्गीतिक क्षेत्रको लागी बजेट छुटाउनु पर्छ, राष्ट्रिय सम्मान गर्ने, कला साहित्यमा सरकारले ध्यान दिन आवश्यक छ ।

१०. मेनुकाको आवाजमा माता सरस्वतीको बाँस छ ,तपाईँको पढाइ कस्तो थियो ?

पढाइ मेरो राम्रो थियो बालयकालदेखी गीत गाउँथे तर पढाइलाई पनि  उत्तिकै समय दिन्थे । मैले १० कक्षामा फस्ट डिभिजन ल्याएको थिए ।

११. परिवारको साथ सर्पोटबारे के भन्नु हुन्छ ?

एकदमै आवश्यक छ,परिवारको साथ बिना सफल हुन सकिँदैन ,अहिले त आफ्नो बालबच्चालाई सर्पोट नगर्ने भेटिँदैन पहिले भन्दा राम्रो छ समय भन्नु पर्छ ।

१२. अन्त्यमा आफ्ना फ्यानहरूलाई के भन्न चाहनुहुन्छ ?

सबैलाई मनदेखि नै धन्यवाद दिन चाहन्छु, तपाईँहरूको सर्पोट बिना सम्भव थिएन आगामी  दिनमा पनि साथ र सर्पोट पाई रहु । फेरि पनि धन्यवाद ।

खबरपाटी
खबरपाटी